बैतडी – सुर्नया गाउँपालिका–४ पालिगडाका प्रकाश साउँद फेरि एकपटक अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने तयारीमा छन्।
सन् २०२६ को मार्चमा भारतको महाराष्ट्रमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि साउँद छनोट भएका हुन्।
६८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने साउँदसहित नेपालबाट ११ खेलाडी छनोट भएको उनका भाइ अशोक साउँदले जानकारी दिए ।
उक्त प्रतियोगितामा १० राष्ट्रका खेलाडीबीच कडा प्रतिस्पर्धा हुने जनाइएको छ।अन्तर्राष्ट्रिय अनुभव साउँदका लागि नयाँ होइन।
उनले सन् २०२४ मा भारतमै सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा डबल गोल्ड मेडल जितेर आफूलाई अब्बल खेलाडीका रूपमा स्थापित गरिसकेका छन्।
कोरिया, बहराइनलगायत देशमा तेक्वान्दोसम्बन्धी विभिन्न तालिम लिएका साउँद खेलाडी मात्र नभई प्रशिक्षकका रूपमा पनि सक्रिय रहँदै आएका छन्।
निरन्तर अभ्यास र अनुशासनले उनलाई आज याे स्थानमा पुर्याएकाे उनका आफन्तहरुले बताए ।
पालिगडाबाट सुरु भएको यो यात्रा अब महाराष्ट्रको अन्तर्राष्ट्रिय मञ्चमा पुग्दैछन ।
जहाँ फेरि एकपटक प्रकाश साउँदबाट स्वर्णिम प्रदर्शनको अपेक्षा गरिएको छ।










प्रतिक्रिया दिनुहोस्