बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

गाउँपालिकाको आयोजना तथा पालिकास्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा रौलेश्वर मावि, रामकी बरायलमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा पालिकाभरिका १३ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
उद्घाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथि रहेका थिए भने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर र उपाध्यक्ष मञ्जु बोहरा विशिष्ट अतिथि रहेका थिए ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन भलिबलसहित एथलेटिक्सका खेलहरू सञ्चालन भएका छन् ।










प्रतिक्रिया दिनुहोस्