बैतडी- काेइनाेडा टिम गुरुखाेला लायन्स बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगकाे सेमिफाइनलमा पुगेकाे छ।
आज सम्पन्न सुपर सिक्सकाे खेलमा निङ्लाशैनी क्रिकेट क्लब,देहिमाडाैंलाई १३२ रनले हराएर गुरूखाेला समूह विजेताकाे रूपमा सेमिफाइनलमा पुगेकाे हाे।
गुरूखाेलाले दिएकाे १९० रनकाे लक्ष्य पछ्याएकाे निङलाशैनी १०.४ ओभरमा ५७ रनमा अलआउट भयाे ।
उसमा खडक बाेहराले २६ र भुपेश बाेहराले अविजित १० रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
गुरूखाेलाका प्रदीप चन्दले ह्याट्रिकसहित ५ विकेट लिए
। उनी म्यान अफ द म्याच समेत चुनिएका स्काेरर तिलक बाेहराले बताउनुभयाे।
प्रदीप याे संस्करणमा ह्याट्रिक गर्ने पहिलाे बलर समेत बनेका छन्।
यसअघि श्रीकृष्ण मावि पाटनकाे खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे गुरूखाेलाले २० ओभरमा ६ विकेटको क्षतिमा १८९ रन बनायाे ।
जसमा प्रदीप चन्दले ४० र आयुश चन्दले ३९ रनकाे याेगदान गरे ।
निङलाशैनीका राम चन्दले ३ विकेट लिए।
याे लज्जास्पद हारसंगै उपाधि दाबेदार मानिएकाे निङलाशैनी सुपर सिक्सबाटै घर फर्किन बाध्य भएकाे छ।
यस्तै आफ्नाे समूहबाट गुरूखाेला विजेता र पाटन भ्याली क्रिकेट क्लब उपविजेताकाे रूपमा अन्तिम चारमा सुरक्षित भएकाे हाे ।
अर्काे समूहबाट सेमिफाइनल पुग्ने टिमकाे टुंगो लाग्न बाँकी छ ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगिताकाे फाइनल खेल बुधबार हुनेछ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र,द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ।कुशल खबरबाट










प्रतिक्रिया दिनुहोस्