images
images

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पूर्वाधार वाच, काठमाडौं।

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अर्थात बुधबार अन्तिमदिन रहेको छ। लघुवित्तले चैत १५ गते साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने गर्दैछ।

जसअनुरुप सेयरधनिहरुले लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने हुन्छ। यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ।

उक्त लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS