पूर्वाधार वाच, काठमाडौं ।
प्रभु बैंकले २०८१ वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ ।
जसअनुसार यसपटक सेयरधनीहरुको हात खाली हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि २०८१ वैशाख ४ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ ।
तसर्थ, वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।










प्रतिक्रिया दिनुहोस्