images
images

प्रभु बैंकका तीन जना संचालकको राजीनामा स्वीकृत

पूर्वाधार वाच, काठमाडौं ।

प्रभु बैंकका तीन जना संचालकले राजीनामा दिएका छन् । राजीनामा दिनेमा बैंकको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा. गीता प्रधान रहेका छन् ।

उनीहरुको राजीनामा वैशाख ७ गते बसेको बैंकको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।उक्त बैठकले दुई नयाँ संचालक पनि चयन गरेको छ ।

चयन हुनेमा संस्थापक शेयरधनी समूहतर्फको रिक्त सञ्चालक पदमा अंगिर मान सिंह र तारा मानन्धर रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्