पूर्वाधार वाच, काठमाडौं ।
चिकित्सा शिक्षाको एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहको प्रवेश परीक्षा दिन चाहनेहरूले अब कक्षा १२ को नतिजा कुर्न नपर्ने भएको छ ।
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको प्रमाणपत्र तहदेखि स्नातकोत्तर/डीएमरएमसीएचसम्मको प्रवेश परीक्षाका लागि जारी गरेको शैक्षिक क्यालेन्डर अनुसार अबदेखि कक्षा १२ को नतिजा कुरिरहेका विद्यार्थीले समेत यो प्रवेश परीक्षाका लागि आवेदन दिन पाउने भएका छन् ।
एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहको प्रवेश परीक्षाका लागि यस वर्षदेखि असार तेस्रो साता नै आवेदन लिने तालिका तय गरिएको छ।
प्रवेश परीक्षा भदौमा हुनेछ भने पढाई मंसिरदेखि सञ्चालन गरिनेछ । यसबाट कक्षा १२ को नतिजा कुरिरहेका विद्यार्थीसमेत प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन् ।










प्रतिक्रिया दिनुहोस्