images
images

बैतडीकाे सुर्नयाका पुनम घर फर्किएन्न, दुई वर्ष पहिले भएका थिए बेपत्ता !

बैतडी– बैतडीका पुनम  दुई वर्ष देखि बेपत्ता छन् ।

आफ्नो सहोदर दाइ संगै भारतको बेंगलोर जाँदै गरेका जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ जेब्लाडाँडाका २० वर्षिय महेश धामी (पुनम ) दुई वर्ष  पहिले बेपत्ता भएका हुन् ।

नयाँ दिल्लीबाट ट्रेनमा संगै जानेबेला महाराष्ट्रको  हेमन्त नगरपास   भन्ने ठाउँबाट पुनम बेपत्ता  भएका थिए ।

  भाइ हराएपछि आफुले धेरै ठाउँमा खोजतलास गरेपनि कतै नभेटिएका बेपत्ता पुनमका  जेठा दाई नवराज धामीले  बताए ।

पुनम धामी फर्किने आशा परिवारमा अझै पनि  जिवितै छ ।

बेपत्ता पुनमलाई कसैले कहिँकतै भेटे भारतिय मोबाइल नम्बर ९१८२९२४९४५ मा  फोन गरेर खबर गरिदिन उनले सबैलाई आग्रह गरिएकाे  छ  ।

घरपरिवारले बेपत्ता किशोरको खोजिका लागि भारतमा रहेका सबै नेपालीहरुलाई  अनुरोध पनि गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्