images
images

५ गते ताेकिएकाे नेपाली कम्युनिस्ट पार्टी  बैतडीकाे  सन्देश सभा अब पाैष ३  गते हुने

बैतडी– नेपाली कम्युनिष्ट पार्टीले आगामी पौष ३  गते बैतडीमा सन्देश सभाको आयोजना गर्ने भएको छ ।

५ गते सभा गर्ने मिति  ताेकिएपनि साे दिन केन्द्रीय कार्यक्रम गर्ने भनिएपछि बैतडीकाे कार्यक्रम ३ गते गर्ने निर्णय भएकाे नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली  नेता शंकर भण्डारीले बताए ।

सबैलाई ३ गते उपस्थितिका लागि उनले अनुरोध गरेका छन् ।

विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि त्यसको बिषयमा जनतालाई जानकारी गराउन सन्देश सभाको आयोजना गर्न लागिएको उनले   बताए ।

बुधबार बैतडीको पाटनमा सम्पन्न भएको तयारी बैठकले नेता परमानन्द भट्टको संयोजकत्वमा सभा आयोजना मूल समिति गठन गरेको छ ।

उक्त समितिले सभाका लागि आवश्यक पर्ने सबै काम गर्ने भण्डारीले बताए । सन्देश सभामा नेकपाका नेता भीम रावल, भानुभक्त जोशी, खगराज भट्ट लगायतको सहभागिता रहने जनाइएको छ ।

पार्टीहरुबीच एकता भएर नयाँ पार्टी निर्माण भएकाले एकताको सन्देश दिने र नेकपाको उद्देश्यका बारेमा आम नागरिकलाई जानकारी दिन सन्देश सभाको आयोजना गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्