images
images

सहकारीका कर्मचारीबाट लुटियो ८० लाख

पूर्वाधार वाच, काठमाडौं।

धनुषाको एक सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले बताए ।

महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताइएको छ ।

महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा उक्त रकम लुटिएको प्रजिअ कडरियाले बताए। प्रजिअ कडरियाले घटना शङ्कास्पद रहेको पनि बताएका छन् ।

उनले भने, ‘त्यत्रो पैसा निकाल्दा प्रहरीलाई खबर नगर्ने खबर गरेको भए सुरक्षा दिइन्थ्यो, पैसा लुटिएपछि प्रहरीलाई खबर आयो, त्यही भएर घटना शङ्कास्पद छ ।’ घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्