images
images

यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलमा उडान थप

पूर्वाधार वाच, काठमाडौं।

गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको छ । यसअघि तीन उडान गर्दै आएकोमा यात्रुको चापअनुसार एक दिन उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलले जनाएका छन् ।

विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको छ । अब साप्ताहिक रूपमा शनिबार थप गरेर हप्ताको चार पटक उडान गरिने भएको हो ।

विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ । गुल्मीबाट एक वर्षको अवधिमा करिब ७० वटा उडानमा ८ सयभन्दा बढी नागरिकले हवाई सेवा लिएका छन् ।

अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्