पूर्वाधार वाच, काठमाडौं ।
सिटिजन्स बैंकका डेपुटी सिइओ प्रकाशकुमार काफ्लेको निधन भएको छ । श्रीलंका भ्रमणमा रहेका काफ्लेको हृदयाघातका कारण निधन भएको बैंक उच्च स्रोतले पुष्टि गरेको छ ।
उनीसहित एक कार्यक्रमका लागि बैंकको सिनियर म्याननेजमेन्ट टोली ‘बिफिन’को कार्यक्रममा सहभागी हुन श्रीलंका गएको थियो ।
हृदयघात भएलगत्तै उनलाई श्रीलंकाकै एक अस्पताल पुर्याइएको थियो । अस्पतालमा उनको सर्जरीसमेत गरिएको भए पनि पछि अस्पतालले उनलाई मृत घोषणा गरेको हो । उनको पार्थिव शरीर नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्