images
images

जिल्ला अस्पताल बैतडीकाे  एम्बुलेन्स दुर्घटना

बैतडीको देहीमाण्डौंबाट एक गर्भवती महिलालाई बोकेर डडेल्धुरा अस्पताल जाँदै गरेको सु.प.प्र.०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर सडक छेउमै पल्टेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । एम्बुलेन्समा ती महिलाका दुईतीन जना आफन्त पनि सवार रहेका बताइएको छ ।

 प्रहरीका अनुसार एम्बुलेन्समा  सवार सबै सकुशल रहेका छन् । एम्बुलेन्स नालिबाट निकालेर अहिले खाेड्पे प्रहरीचाैकीमा राखिएकाे छ ।

एम्बुलेन्स चालक  नियन्त्रणमा रहेका र  घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्