बैतडी-बैतडीको मेलौली नगरपालिका–१ स्थित जनचेतना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कपडा बैंक बैतडीले झोला र कापी लगायतका शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ३५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई झोला र कापी वितरण गरिएको कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले जानकारी दिए । आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।
कपडा बैंक बैतडीले ‘हुनेले दिएर जाऔँ, नहुनेले लगेर जाऔँ’ भन्ने नाराका साथ विगतदेखि नै सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्