बैतडी- रास्वपाले बिशाल भट्टलाई सुदूरपश्चिम सार्वजनिक मामिला विभागको उप-प्रमुखमा नियुक्त गर्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैतडीका युवा नेता बिशाल भट्ट लाई सुदूरपश्चिम प्रदेश सार्वजनिक मामिला विभागको उप-प्रमुख पदमा नियुक्त गरेको छ।
सुदूरपश्चिम प्रदेश कमिटीका सभापति ई. प्रकाश विष्ट द्वारा हस्ताक्षरित नियुक्तिपत्रमार्फत भट्टलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
नियुक्तिपत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागको नियमावली र कार्यविधिअनुसार आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनलाई उप-प्रमुख पदमा मनोनयन गरिएको उल्लेख गरिएको छ।
बैतडीमा लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय भट्टको नियुक्तिले सुदूरपश्चिम प्रदेशमा सार्वजनिक मामिलासम्बन्धी विषयहरूको प्रभावकारी व्यवस्थापन, जनसरोकारका मुद्दाको उठान तथा पार्टीका गतिविधिलाई थप सशक्त बनाउन योगदान पुग्ने अपेक्षा गरिएको रास्वपाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्