स्वर्ण विजेता खेलाडीलाई नगदसहित सम्मान

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकाले स्वर्ण विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै बैतडीको दोगडाकेदार गाउँपालिका–८ स्थित रौलेश्वर मावि कालागाउँमा अध्ययनरत छात्रा सुनिता पार्किलाई सम्मान गरिएको हो ।

हालै काठमाडौमा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नगद १० हजार ५५५ सहित सम्मान गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो ।

खेलाडीको मनोभावना बढाउन गाउँपालिकाले स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

पार्कीले हाइजम्प बिधामा स्वर्ण पदक हात पारेकी थिइन् ।

यस्तै जिल्ला खेलकुद समिति बैतडीले पनि स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने जनाएको छ ।

बैतडीबाट सुदूरपश्चिमको प्रतिनिधित्व गरेर स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिने जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयो ।सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै बैतडीबाट सहभागी चार खेलाडीले स्वर्ण हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS