बैतडी घर भएका एक प्रहरी जवान अल्पायुमै अस्ताए

बैतडी –  बैतडी घर भएका एक प्रहरी जवान अल्पायुमै अस्ताएका छन् । मंगलबार राति ड्युटी सकेर चौकीतर्फ फर्किने क्रममा लडेर    जिल्लाको दशरथचन्द नगरपालिका १ घर भएका खेमराज भट्टको दार्चुलामा मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाए अनुसार    जवान खेमराज भट्ट मंगलबार राति १० बजेतिर ड्युटी सकेर चौकीतर्फ फर्किने क्रममा लडेर घट्टकुलोमा खसेपछि गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पु¥याइएको थियो ।

अस्पतालमा उपचारका क्रममा चिकित्सकले भट्टलाई मृत घोषणा गरेका हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS