बैतडी- बैतडीकाे पाटनमा खसी कप भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ ।
दशैँकाे अवसरमा पाटन नगरपालिका युवा सञ्जालले आयाेजना गरेकाे खसी कप भलिबल प्रतियाेगिता सम्पन्न भएकाे हाे हाे ।
कृष्ण मावि पाटनकाे खेलमैदानमा मंगलबार देखि सुरु भएकाे भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएकाे नगर युवा सञ्जालका अध्यक्ष सञ्जय भण्डारीले जानकारी दिए ।
प्रतथ खसी कप भलिबल प्रतियोगितामा हिमचुली युवा सदन प्रथम भएकाे छ । द्वितीय महारुद्र स्पाेर्टस र तृतीय भट्टराई ब्रर्दस भएकाे अध्यक्ष भण्डारीले बताए ।
उनका अनुसार प्रथम हुने टिमलाई १५ हजार बराबरकाे खसि, ट्रफि र प्रमाणपत्र प्रदान गरिएकाे छ ।
यस्तै द्वितिय हुने टिमलाई ट्रफि प्रमाणपत्र ,तृतियलाई प्रमाणपत्र प्रदान गरिएकाे आयाेजकले जनमएकाे छ ।










प्रतिक्रिया दिनुहोस्