images
images

बैतडीकाे सुर्नयामा  प्रधानाध्यापक र विद्यालय सहायकलाई लेखाङ्कन प्रणाली  सम्बन्धि तालिम

बैतडी– बैतडिकाे सुर्नया भित्रका रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय सहायकहरुलाई तालिम दिइएकाे छ ।

गाउँपालिकाकाे शिक्षा शाखाकाे आयाेजनामा पालिका भित्रका मावि प्रधानाध्यापक तथा  विद्यालय सहायकलाई दुई दिने  विद्यालय लेखाङ्कन प्रणाली सम्बन्धि  तालिम दिइएकाे हाे ।

अनलाइन प्रणालीमा आर्थिक काराेबार गर्न सजिलाे हाेस भन्ने हेतुले प्रधानाध्यापक तथा विद्यालय सहायकहरुलाई तालिम दिइएकाे गाउँपालिकाकाे शिक्षा  शाखामा कार्यरत  शिक्षा सहायक गणेश कुँवरले बताए । तालिममा

 अनलाइन प्रणालीमा  आय र  व्यलाई कसरी राख्ने अनलाई भाैचर कसरी उठाउने भन्ने बारे सिकाइएकाे उनले बताए ।

आर्थिक काराेबारलाई    चुस्त दुरुस्त  बनाउने उदेश्यले तालिमकाे आयाेजना गरिएकाे र यसबाट प्रधानाध्यापक र विद्यालय सहायकलाई कामकाज गर्न सजिलाे हुने अपेक्षा  गरिएकाे उनले बताए ।

 मेलाैलीकाे मणिलेक माविका शिक्षक चन्द्र राम ओझाले तालिम दिएका थिए ।

 तालिममा सुर्नया भित्र रहेका १३ सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय सहायकहरुकाे सहभागिता रहेकाे थियाे ।

सुर्नया गाउँपालिका भित्र ३९ ओटा सामुदायिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्