बैतडी-बैतडीमा जंगली जनावरका लागि थापकाे पासाेमा चितुवा परेकाे छ ।
जिल्लाको सिगास गाउँपालिका-२ भिमराडीमा जंगली जनावरका लागी थापेको पासोमा चितुवा परेकाे हो ।
स्थानीयले थापेको पासोमा अन्दाजी तीन बर्षको चितुवा परेकाे डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो ।
अगाडिको पट्टीको दायाँ खुट्टा पासोको फसेको बताइएकाे छ ।
चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसंग समन्वय भैरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्