images
images

बैतडीको उदयदेव मावि पालिगडाकाे प्रधानाध्यापकमा बिरसिंह साउद नियुक्त

बैतडी– बैतडीको  सुर्नया गाउँपालिका वडा नं -४पालिगडा स्थित उदयदेव  माध्यमिक विद्यालयको  प्रधानाध्यापकमा बिरसिंह साउद  नियुक्त भएका छन्  ।

शिक्षा तथा मानव स्राेत विकास केन्द्रले सामुदायिक विद्यालयमा  प्रचलित  शिक्षा ऐन तथा  नियमावलि अनुसार प्रधानाध्यापक नियुक्त गर्न परिपत्र गरेकाे थियाे ।

साेहि पत्रमा टेकेर  शिक्षा विकास तथा समुन्वय इकाइ , सुर्नया गाउँपालिकाले दिएकाे निर्देशन र व्यवस्थापन समितिकाे निर्णबाट साउद प्रधानाध्यापकमा नियुक्त भएका बताईएकाे छ ।

शिक्षा तथा मानव स्राेत विका केन्द्रले सामुदायिक  विद्यालयकाे प्रधानाध्यापक पदमा  एक पटकमा पाँच वर्षका लागि  नियुक्त भएपनि  उक्त पदावधिभर कार्य गरेकाे तथा  सकिए पश्चात् पनि पुन नियुक्ति नभई  जागिरे सेवा अवधिभर  प्रधानाध्यापक रहि कार्य गरेकाे तथा याेग्यताकाे आधारमा  प्रधानाध्यापक  पुन नियुक्त नगरिएकाे पाईएकाले त्यस्ता विद्यालयमा शिक्षा नियमावलिमा भएकाे व्यवस्थाबमोजिम प्रधानाध्यापक नियुक्त गर्न परिपत्र गरेकाे थियाे ।

परिपत्र पछि उदयदेव माविले नयाँ प्रधानाध्यापक  नियुक्तिका लागि कार्यरत शिक्षकबाट प्रस्तावना पेश गर्न आह्वान गरेकाे थियाे ।

१५ दिने साे सूचनामा बिरसिंह साउदकाे एकल आवेदन परेपछि उनलाई नियुक्त  गरिएकाे विद्यालय परिवारले जनाएकाे छ ।

चार दशक सम्म विद्यालयमा प्रधानाध्यापक पदमा बसेर काम गरेका कालुसिंह साउदलाई  दाेसल्ला ओडाएर सम्मान समेत  गरिएकाे छ भने नयाँ प्रधानाध्यापकमा  बिरसिंह साउदलाई नियुक्त गरेर स्वागत गरिएकाे छ ।

नयाँ प्रधानाध्यापकाे जिम्मेवारी पाएका बिरसिंहले विद्यालयकाे सर्वाङ्गिण विकासका लागि  दत्त चित्त भएर लागि पर्ने बताए ।

उनले विद्यालयमा शिक्षाकाे  गुणस्तर सुधारका लागि सबै संग हातेमालाे र समन्वय गरेर नयाँ  ढङ्गबाट अगाडि बढ्ने बताए ।

पालिगडा  नै घर भएका  बिरसिंहले शिक्षामा  एमएड र समाजशास्त्रबाट एमए  गरेका छन् ।

उनले उदयदेव माविमा २०६३ साल देखि ७१ साल सम्म अस्थाई  रुपमा अध्यापन गरेका थिए ।

त्यसपछि केही बर्ष अन्य ठाउँमा शिक्षण गरेपछि  ७७ सालमा स्थायी भई  हाल सम्म  गाउँकाे स्कुल उदयदेव माविमा कार्यरत छन ।

विद्यालयले याेग्य र सक्षम प्रधानाध्यापक पाएकाे भन्दै स्थानीय अभिभावक पनि  खुसि भएका छन् ।

२०४१ सालमा स्थापना भएर कक्षा १० सम्मको  पढाई  हुने उदयदेव माविमा झण्डै २ सय   विद्यार्थी र  १४ जना  जना  शिक्षक कर्मचारी रहेका बताइएको  छ ।

प्रतिक्रिया दिनुहोस्