बैतडी- बैतडीकाे सुर्नयागाउँपालिका वडा नं ३ का युवाहरुले वडामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
विभिन्न माग सहित विहीबार युवाहरुले वडालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
२०७४ यताकाे प्रशासनिक , विषयगत कार्यक्रम र बजेट खर्च विवरण सार्वजनिक गर्नु पर्ने, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ तुरुन्त गर्नु पर्ने लगायतका माघ अघि सारेर आफुहरुले वडालाई ध्यानाकर्षण पत्र बुझाएकाे युवा बिष्णु भट्टले जानकारी दिनुभयाे ।
वडा नं ३ का कार्यबाहक वडा अध्यक्ष केशब बहादुर विष्टलाई ध्यानाकर्षण पत्र बुझाइएकाे उनले बताए ।
वडा भित्रका जेन जेड र जेनवाइ समूहले वडालाई ध्यानाकर्षण पत्र बुझाएकाे र माग सम्बाेधन नभए थप आन्दोलनका कार्यक्रम गरिने उनले बताए । युवाहरुका उचित माग सम्बाेधनमा जनप्रतिनिधि उदासीन बनेका उनकाे भनाई छ ।
भ्रष्टाचार मुक्त र सुशासन युक्त पालिका बनाउन युवाहरुले अघि सारेका जायज माग सम्बाेधन गर्न छाडेर जनप्रतिनिधि माैन बसेकाले आफुहरु वडाहरुमा समेत ध्यानाकर्षण पत्र बुझाउन थालेका युवा भट्टले बताए ।
सूचनाकाे माग गर्दै युवाहरुले गाउँपालिकामा तालाबन्दी गरेका छन् । गत शुक्रबारदेखि पालिकामा लागेकाे तालाबन्दी अहिले सम्म खुल्न सकेकाे छैन् ।










प्रतिक्रिया दिनुहोस्