images
images

बैतडीकाे सुर्नया गाउँपालिकामा भाेलि सार्वजनिक बिदा  

बैतडी– बैतडीकाे सुर्नया गाउँपालिकाले सार्वजनिक बिदा दिएकाे छ ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं -५ मा रहेकाे  प्रसिद्ध फाल्ङाशैनी भगवती मन्दिरमा  भाेलि १९ गते लाग्ने   जात्राका लागि पालिकाले एक दिन सार्वजनिक बिदा दिएकाे हाे ।

गाउँपालिकाले समाजिक  सञ्जालमा एक सूचना जारि गरेर १९ गते गाउँपालिकाका अन्तर्गतका रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था,शैक्षिक संस्थाहरुमा, अध्यक्ष ज्युको आदेशानुसार स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेद गरिएकाे छ ।

याे मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीको अवसरमा पूजाआजा सहित जात्रा लाग्ने गर्दछ ।

फाल्ङाशैनी भगवती मन्दिरमा शुक्ल चतुर्दशीका दिन रागा तथा बोका बाधिने र कार्तिक पुर्णिमाका दिन बलि हुने फाल्ङशैनी भगवती मन्दिरका पुजारी बिष्णु दत्त भट्टले बताए ।

शुक्ल चतुर्दशीका दिन मेला शुरु भई पूर्णिमाको साँझ मेला सकिने उनले बताए ।

याे जात्रा हेर्न बैतडी सदरमुकाम लगायत विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गरेका स्थानीयहरुले बताए ।

पछिल्लाे समय सडककाे सुविधाका कारण भक्तजनकाे सङ्यामा वृद्धि हुँदै गएकाे वडा अध्यक्ष केशब सिहं विष्टले बताए।

पवित्र मनले प्रसिद्ध फाल्ङाशैनी भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।

यो जात्रालाई स्थानीय भाषामा भवानी जात भन्ने चलन रही आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्