बैतडी– बैतडीकाे सुर्नयामा नेपाली कम्युनिस्ट पार्टीकाे बैठक सम्पन्न भएकाे छ ।
पार्टी एकता पछि गाउँपालिकाकाे वडा नं ६ मा नेपाली कम्युनिस्ट पार्टीकाे पहिलाे बैठक सम्पन्न भएकाे नेपाली कम्युनिस्ट पार्टीका नेता दिनेश भट्टले जानकारी दिनुभयाे ।
साे बैठकमा नेपाली कम्युनिस्ट पार्टीकाे जिल्ला स्तरीय सन्देश सभा बारे छलफल भएकाे उनले बताए ।
एकता सन्देश सभा सफल पार्नका लागि अहिले वडा देखि जिल्ला तहका नेता तयारीमा जुटेका नेपाली कम्युनिस्ट पार्टीकि नेतृ स्वेता भट्टले बताउनुभयाे ।
नेपाल कम्युनिस्ट पार्टीले जनताहरुलाई पार्टी एकताको बारेमा जानकारी गराउन पाैष ३ गते ब बृहत सन्देश सभा आयाेजना गर्दै छ ।
विभिन्न कम्युनिस्ट पार्टीहरुबीच एकता भएपछि त्यसको बिषयमा जनतालाई जानकारी गराउन सन्देश सभाको आयोजना गर्न लागिएको हो । नेता परमानन्द भट्टको संयोजकत्वमा सभा आयोजना मूल समिति गठन गरिएकाे को छ ।
सन्देश सभामा नेकपाका नेता भीम रावल, खगराज भट्ट, भानुभक्त जोशी लगायतको सहभागिता रहने जनाइएको छ ।
नेपाली कम्युनिस्ट पार्टी सुर्नया गाउँपालिका कमिटी बैठक केशब बिष्ट को अध्यक्षतामा बसेकाे बैठकले ३ गते आयाेजना गरिएकाे जिल्ला स्तरीय सन्देश सभाकाकाे तयारीका विषयमा छलफल गरिएकाे नेता भट्टले बताए ।
आज बसेकाे सुर्नया कमिटीकाे बैठकमा नेता परमानन्द भट्ट, नरेन्द्र कुवर(बिजय सुन्द) र प्रेमप्रकास भट्ट(आदित्य ) लगायतका नेताहरूको उपस्थिति रहेकाे थियाे ।









प्रतिक्रिया दिनुहोस्