images
images

साउदीमा नेपाली कामदार समस्यामा

पूर्वाधार वाच, काठमाडौं।

वैदेशिक रोजगारीका लागि साउदी पुगेका २१ जना नेपाली समस्यामा परेका छन् । साउदीको दमामस्थित अलस्पोर पुगेका २१ जना नेपाली श्रमिकहरू काम नपाएर समस्यामा परेका हुन् ।

बसुन्धारास्थित दैलेख ओभरसिजमार्फत साउदी पुगेका दाङका मेघराज भण्डारीसहितका नेपालीहरू समस्यामा परेमा हुन् ।

साउदी पुगेको १५ दिन बितिसक्दा पनि कुनै काम नपाएको उनीहरूको भनाइ छ । साउदीबाट रातोपाटीको सम्पर्कमा आएका श्रमिकहरूले उक्त मेनपावरबाट आएका आफूहरू काममा जान नपाएर कोठामै बसिराखेको बताए ।

‘हामीलाई सिधा कम्पनीमा काम लगाइदिन्छु भनेर लग्यो। अहिले सप्लायर्स कम्पनीमार्फत काममा लगाउने रहेछ। काम नपाउँदासम्म हामीलाई एउटा कोठामा राखेको छ। खाना पनि राम्रोसँग पाएका छैनौ,’ एक श्रमिकले भने ।

साउदी पुगेदेखि उनीहरूले न काम पाएका छन् । न त राम्रोसँग बस्न पाएका छन् । कोठामा सुत्ने बेड मात्रै रहेको र खाना खाने समेत टुंगो नभएका उनीहरूको भनाइ छ ।

उनीहरूलाई वेईटर, पेन्टर, इलेक्ट्रेसियन लगायतका काममा लगाइदिने भन्दै साउदी पठाएको थियो । मेनपावरले आफूहरूबाट जनही २ देखि २ लाख ५० हजार रुपैयाँसम्म पैसा लिएको उनीहरूको भनाइ छ ।

कम्पनीसँग कुरा गर्दा कुनै प्रतिक्रिया नदिने भन्दै उनले आफूहरूको समस्या समाधान गरिदिन आग्रह गरे । दैलेख ओभरसिजले साउदीको होटल ईन्टरनेश्नललाई कामदार चाहिएको भन्दै विज्ञापन आह्वान गरेको थियो ।

मेनपावर सञ्चालक उमेश तामाङले उनीहरूलाई कुनै समस्या नरहेको बताए । सप्लायर्स कम्पनीबाट काममा लगाउनुपर्ने भयकोले केही समय लागेको उनले बताए । खान र बस्नु कुनै समस्या समेत रहेको उनेका भनाइ छ ।

‘बस्नको लागि राम्रो व्यवस्था छ । खानामा पनि कुनै समस्या छैन । काममा जान केही दिन लाग्छ होला,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्