images
images

बैतडीको तडीगाउँमा भलिबल प्रतियोगिता सुरु, आठ टिमको सहभागिता

बैतडी– बैतडीको तडीगाउँमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

सुर्नया गाउँपालिका वडा नं. ३ मा रहेको बासुदेव आधारभूत विद्यालय र बासुलिङ युवा क्लब तडीगाउँको संयुक्त आयोजनामा बुधबारदेखि प्रतियोगिता सञ्चालन भएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानदेव भट्टको सभाध्यक्षता तथा सुर्नया गाउँपालिका वडा नं. ३ का अध्यक्ष शम्भु प्रसाद भट्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रममा सुर्नया ३ का वडा सदस्य एवं कार्यपालिका सदस्य कमलापति भट्ट,  विभिन्न संघ संस्थाका पदाधिकारी, सुर्नया गाउँपालिकका कर्मचारी , शिक्षक, खेल प्रेमि अभिभावक र स्थानीयहरुकाे सहभागीता रहेकाे थियाे ।

प्रतियोगितामा आयाेजक सहित आठ टिमको सहभागिता रहेको छ।

उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

प्रथम पुरस्कार नगद रु. ९,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र,द्वितीय पुरस्कार नगद रु ४,५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेकाे छ ।

यस्तै तृतीय पुरस्कार नगद रु २५०० ट्रफी, मेडल र प्रमाणपत्र
आजबाट सुरु भएको प्रतियोगिता भोलि समापन  हुने जनाइएको छ।

सबै सहयाेगि दाताहरुकाे सहयाेगमा भलिबल प्रतियोगिता गर्न सफल भएका क्लवका पदाधिकारी दिपेश भट्टले बताए र

आयोजकका अनुसार खेलकुदमार्फत युवामा अनुशासन, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्