images
images

कन्डमकाे आयात बढ्याे

काठमाडौँ – चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ९ करोड ९९ लाख २५ हजार रुपैयाँको १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको   तथ्याङ्कअनुसार यस्तो पाइएको हो । तथ्याङ्कले मंसिर महिनामा कन्डम आयात बढेको देखाएको छ ।
मंसिर महिनामा मात्रै १ करोड ७४ लाख ७९ हजार रुपैयाँ बराबरको १८ लाख ६६ हजार ६७५ पीस कन्डम आयात भएको उल्लेख छ  ।

कात्तिकमा ७१  लाख ३६ हजार रुपैयाँ बराबरको ५ लाख ६५ हजार ९८४ पीस आयात भएको थियो ।

यसैगरी २०८२ असोजमा १ करोड ९ लाख ७१ हजार रुपैयाँको ११ लाख ६३ हजार ५२ पीस कन्डम आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्