images
images

हमासद्वारा नेपालका विपिन जोशीसहित ४८ जना बन्दीको तस्बिर सार्वजनिक

प्यालेस्टाइनको लडाकु समूह हमासले ‘बिदाई तस्बिर’ भन्दै नेपालका विपिन जोशीसहित ४८ जना बन्दीको तस्बिर सार्वजनिक छ।

इजरायलले गाजामा हमला तिव्र बनाउँदै गएपछि  हमासले बन्दीहरुको तस्बिर सार्वजनिक गरेको हो ।

कतारी समाचार संस्था अलजजिराका अनुसार हमासको सैन्य संगठन क्वासाम बिग्रेड्सले शनिबार Bअनलाइनमार्फत यस्तो तस्बिर सार्वजनिक गरेको हो ।

गाजामा आक्रमण रोक्न दबाब दिने उदेश्यले यो तस्बिर सार्वजनिक गरिएको बताइएको छ ।

तस्बिरमा सबैको नाम रोन अराड र नम्बर राखिएको छ । अलजजिराका अनुसार रोन रोन अराल्ड सन् १९८६ मा लेबननमा पक्राउ परेका एयर फोर्सका कप्तान हुन्।

जसलाई स्थानीयले पक्राउ गरेर हिजबुल्लाहलाई हस्तान्तरण गरेका थिए । मृत्यु भएको आकलन गरिएपनि उनको बारेमा कुनै प्रमाण बाहिर आएको छैन ।

४८ बन्दीहरु सबैलाई हमासले उनकै नाम दिएको छ । नेपालका विपिन जोशीको फोटोमा रोन अराड ३८ लेखिएको छ ।

इजरायलले गाजामा अझै २० बन्दी जिवित रहेको आकलन गरेको छ ।  अमेरिकाले २० भन्दा कम जिवित रहेको आकलन गरेको छ ।

हमासले भने इजरायलको आक्रमणमा केही बन्दीको मृत्यु भएको दाबी गरेको छ । २०२३ को अक्टोबरमा हमासले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्