images
images

फेसबुक मोनेटाइजेसनपछि सहकार्यको उभार, ‘Facebook Monetize सहकार्य’ ग्रुपमा सवा लाख सदस्य

बैतडी- मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन सुरु गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताबीच सहकार्यको नयाँ ट्रेन्ड देखिएको छ।

यही क्रममा ‘Facebook Monetize सहकार्य’ नामक फेसबुक ग्रुप तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ।

नेपाली प्रयोगकर्तालाई लक्षित यो ग्रुपमा हाल एक लाख १५ हजारभन्दा  सदस्य सक्रिय छन्। फेसबुकमा फलोवर्स र इन्टरेक्शन बढाएर मोनेटाइजेसनको योग्यता पूरा गर्न सहयोग गर्ने उद्देश्यले दामोदर न्यौपानेको परिकल्पनामा ग्रुप सुरु गरिएको हो।

एडमिन प्रदीप गौतमसहितको टिमले सञ्चालन गरिरहेको यो ग्रुपमार्फत धेरै प्रयोगकर्ताले डिजिटल आम्दानीतर्फ पाइला चाल्न थालेका छन्।

केही दिनमै सदस्य संख्या सवा लाख नाघ्नु ग्रुपप्रतिको बढ्दो विश्वास र लोकप्रियताको संकेत मानिएको छ।

ग्रुपमा आबद्ध सदस्यहरू आपसमा सहकार्य गर्दै डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष लाभ लिन सफल हुँदै गएका छन्।

करिब ७० हजार सदस्य रहेका बेला ग्रुपमा जोडिएका एक सदस्यले केही दिनमै सदस्य संख्या सवा लाख पुग्नु ग्रुपप्रतिको बढ्दो आकर्षण र विश्वासको प्रमाण भएको प्रतिक्रिया दिएका छन्।

एडमिनहरुले  ग्रुपलाई सकारात्मक र अनुशासित रूपमा सदुपयोग गर्न परिकल्पनाकार तथा एडमिन टिमलाई सुझाव पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्