पूर्वाधार वाच, काठमाडौं।
एप्पलले आफ्ना आफना आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ । कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोनमाथि जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो ।
विश्वका ९२ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिदैँ आईफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो ।
एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो ।
गत बुधबार रातिको घटनाको बारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।










प्रतिक्रिया दिनुहोस्