सांसदभन्दा बढी मत पाएपछि चर्चामा बैतडीका समाजसेवी विष्ट

बैतडी– बैतडीका समाजसेवी विष्टले पार्टीको केन्द्रीय सदस्य  चुनावमा सांसद भन्दा बढी मत प्राप्त गरेका छन् ।

बैतडी घर भई हाल प्रवासमा रहेर समाजसेवामा सक्रिय युवा वीरबहादुर विष्ट (विनोद) ले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनअन्तर्गत सुदूरपश्चिम भूगोल सदस्य पदमा उम्मेदवारी दिँदै सांसद भन्दा बढी मत प्राप्त गरेका हुन् ।

पराजित भए पनि विष्टले उक्त निर्वाचनमा ५५० मत प्राप्त गरेका छन्।

यो मत संख्या कञ्चनपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्ञानेन्द्र महता ले प्राप्त गरेको ५१८ मत र बैतडीबाट निर्वाचित हरिमोहन भण्डारी ले प्राप्त गरेको ५४१ मत भन्दा बढी हो।

निर्वाचन परिणाम सार्वजनिक भएपछि विष्टले आफूले अपेक्षाभन्दा बढी समर्थन पाएको प्रतिक्रिया दिएका छन्।

उनले निर्वाचन प्रणालीका कारण आफू निर्वाचित हुन नसकेको दाबी गर्दै मतदाताबाट प्राप्त समर्थनलाई आगामी दिनमा समाजसेवा र राजनीतिक यात्राको ऊर्जा बनाउने बताएका छन्।

बैतडीका समाजसेवी युवाका रूपमा परिचित विष्टले प्राप्त गरेको मत परिणामलाई उनका समर्थकहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।

मतदाता  सबैलाई विष्टले धन्यवाद  समेत दिएका छन् ।

यस्तै बैतडी घरभएका शिवराज पन्तले पनि सांसद द्वय भन्दा बढी मत प्राप्त गरेका छन् ।उनले ६३७  मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

images
निको खबर
images
SKIP THIS