बैतडी– बैतडीको सुर्नया गाउँपालिका वडा नं. ८ ढोलेस्थित भुमिराज माध्यमिक विद्यालयका प्रधानाध्यापक पठान सिंह बोहरालाई अनिवार्य अवकाशसँगै भव्य रूपमा विदाई गरिएको छ।
झण्डै चार दशकसम्म विद्यालयमा निरन्तर सेवा दिएका बोहराको योगदानको कदर गर्दै एक समारोहबीच सम्मानपूर्वक विदाई गरिएको सुर्नया ३काे बासुदेव आविका विज्ञान शिक्षक एवंम स्थानीय शिक्षा प्रेमि युवा मान बहादुर बाेहराले बताउनु भयाे।
शिक्षक बाेहराका अनुसार कार्यक्रममा वडा अध्यक्ष भानबहादुर बोहरा, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उहाँलाई फूलमाला र अविर लगाई सम्मान व्यक्त गरिएको थियो। वक्ताहरूले बोहराले विद्यालयको शैक्षिक उन्नयनमा पुर्याएको योगदान अत्यन्त प्रशंसनीय रहेको उल्लेख गरेका छन्।
दीर्घकालीन समर्पण र नेतृत्वले विद्यालयलाई मजबुत आधार प्रदान गरेको भन्दै स्थानीयवासीले उहाँको योगदान सधैं सम्झिरहने बताएका छन्।









प्रतिक्रिया दिनुहोस्