images
images

सिंगटी हाइड्रो इनर्जीको लिलामी शेयर बाँडफाँट

पूर्वाधार वाच, काठमाडौं ।

सिंगटी हाइड्रो इनर्जीले लिलामीमा बिक्री गरेको शेयर बाँडफाँट भएको छ । सिंगटीले ४६ लाख ११ हजार ५३९ कित्ता शेयर बाँडफाँड गरेको हा ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी शेयर चैत ३० गते बाँडफाँट गरिएको हो ।

जसमा न्यूनतम १४५ रुपैयाँ १० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले शेयर पाएका हुन् । यता, कम्पनीको लिलामी शेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज ९वैशाख ३ गते० बाट फिर्ता हुने संस्थाले जनाएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आजदेखि लिलामीमा नपरेको रकम क्रमशः फिर्ता हुँदै जानेछ । आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्