images
images

बैतडीकाे सुर्नया–२ ग्वानीमा रास्वपाको शक्ति प्रदर्शन, विष्ट सभापतिमा चयन

बैतडी-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैतडीको सुर्नया गाउँपालिका–२ मा वडा अधिवेशन सम्पन्न गरेको छ।

शुक्रबार सम्पन्न वडा नं. २ को प्रथम अधिवेशनबाट हरिश विष्ट सभापतिमा चयन भएका छन्।

नवनिर्वाचित सभापति विष्टको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको रास्वपाका नेता  विशाल भट्टले जानकारी दिएका छन्।

अधिवेशनमा बोल्दै सभापति विष्टले वडा स्तरबाटै पार्टीलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

उनले संगठन विस्तार, युवाको सहभागिता वृद्धि र जनताका मुद्दालाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताएका छन्।

यस्तै निर्वाचन परिचालन समिति पनि गठन गरिएकाछ । गजेन्द्र विष्टकाे संयाेजकत्वमा निर्वाचन   परिचालन समिति गठन गरिएकाे नेता भट्टले बताए ।

 

साथै नेताहरुले आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने दाबी पनि गरेका छन्।

 

अधिवेशनमा   जिल्ला उपसभापति हेमन्त ऐर,  पूर्व महामन्त्री एवं  केन्द्रीय मनथन भिभाग सदस्य, जिल्ला उपसभापति हेमन्त ऐर,  जिल्ला सचिव हरिश जाेशी ,  पाटन नगर सभापति तिलक बहादुर चन्दकाे सहभागिता रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्