images
images

कञ्चनपुरकी सम्झना मृत्यु प्रकरण: श्रीमानसहित सासू-ससुरा पक्राउ

बैतडी- कञ्चनपुरकि सम्झनाकाे शंकास्पद मृत्युु भए पछि  अनुसन्धान गर्न प्रहरीले उनका श्रीमान्सहित सासू र ससुरालाई पक्राउ गरेको छ ।

आइतबार आफ्नै घरमा झुन्डिएकोकाे अवस्थामा मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्टका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान २४ वर्षीय पवनलाई पक्राउ गरेको थियो । त्यसको लगत्तै उनका सासू र ससुरालाई समेत पक्राउ गरिएको उनले बताए ।

“आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्सहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ”, प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

मृतक भट्टका श्रीमान् पवनलाई आइतबार नै नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

बेलडाँडी–२ की सम्झना आइतबार सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा   यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।

सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरुको आरोप छ । सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए ।

गत शनिबार सम्झना र पवनबीच झगडा भएको थियो । उक्त झगडापछि त्यही दिन दुवैजना   बेलडाँडी प्रहरी चौकीमा पुगेका प्रहरीले जनाएको छ ।

प्रहरीले दुवैजनालाई सम्झाई–बुझाई घर पठाएको थियो । त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी हुन् । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

माइतीपक्षले  मरणासन्न   हुने गरि   कुटपिट गरेर हत्या गरिएकाे भन्दै कडाइ  कारबाही गर्न माग गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्