कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१८ जानकी टोलका शंकर दत्त जोशी र सोही ठाउँ वस्ने २१ वर्षीय ईमानुयल राइ पक्राउ परेका छन्।
लागूऔषध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जोशीको घरमा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिससहित जोशी र राइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्