images
images

कञ्चनपुरकाे कृष्णपुरका आयुष भट्ट  बेपत्ता 

बैतडी- कञ्चनपुरक भट्ट बेपत्ता भएका छन् ।

जिल्लाकाे कृष्णपुर नगरपालिका – ६ गजरौलाका १४ वर्षीय आयुष भट्ट बेपत्ता भएका   हुन्  ।

सोमबार (हिजो) बिहान घरबाट गजरौला बजार गएका  आयुष सम्पर्क विहीन भएका पारिवारिक स्राेतले जनाएकाे छ ।

बिहान ६ बजे तिर पाइन्ट लिने भन्दै घरबाट साइकलमा गजरौला बजार गएका  उनी अहिले सम्म घर नफर्किएका  उनका दाइ भुवन भट्टले बताए ।

खोजी गर्दा साइकल गजरौला बजारको प्रतीक्षालयमा भेटिए पनि आयुष नभेटिएको उनकाे भनाइ छ ।

आफन्त र नजिकका क्षेत्रमा खोजी गर्दा पनि नभेटिएकाले कसैले फेला पारेमा ९८१३१०१८६६ नम्बर अथवा नजिककाे प्रहरीचाैकीमा सम्पर्क गरिदिन  आफन्तहरुले आग्रह गरेका छन् ।

प्रहरीले पनि खाेजि कार्य भैरहेकाे जनाएकाे छ ।   इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुर र कैलालीका प्रहरी कार्यालयले आयुषकाे खाेजि कार्य जारी रहेकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्