बैतडी – महेन्द्रनगर नमूना माध्यमिक विद्यालय साधारण स्कुल व्यवस्थापन समिति अध्यक्षमा विष्ट पुन:चयन भएका छन् ।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १८ कटानस्थित साधारण स्कुल, महेन्द्रनगरको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) अध्यक्षमा युवा नेता, समाजसेवी तथा शिक्षा प्रेमी बिरेन्द्रराज बिष्ट लगातार चौथोपटक सर्वसम्मत रूपमा चयन भएका हुन् ।
उहाँको निरन्तर नेतृत्व, विद्यालय विकासप्रतिको प्रतिबद्धता र समुदायसँगको सहकार्यका कारण पुनः सर्वसम्मत चयन भएको स्थानीय अभिभावक तथा सरोकारवालाहरूले बताएका छन्।
शैक्षिक संस्थाको विकास गर्न बिष्टको नेतृत्व निर्णायक सावित भएको छ।
उहाँको समन्वयकारी भूमिका र पारदर्शी कार्यशैलीका कारण समुदायमा विश्वास अझ मजबुत बनेको अभिभावकहरुले बताए ।
पुनः अध्यक्षमा चयन भएपछि बिष्टले विद्यालयको शैक्षिक गुणस्तर थप उकास्ने, विद्यार्थीमैत्री वातावरण निर्माणलाई आफ्नो प्रमुख लक्ष्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
लगातार चार कार्यकालसम्म सर्वसम्मत चयन हुनु स्वयंमा समुदायको विश्वास र नेतृत्व क्षमताको स्पष्ट संकेत भएको सरोकारवालाहरूको भनाइ छ।










प्रतिक्रिया दिनुहोस्