images
images

कञ्चनपुरकी सम्झनाकाे शंकास्पद मृत्यु , छानबिन गरि कडा कारबाही गर्न माइतीपक्षकाे माग

बैतडी –  कञ्चनपुरको बेलडाँडी गाँउपालिका २सिहपाल टोलकी सम्झना भट्ट मृत्यु प्रकरण छानबिनका साथै दोषि उपर कानुनी कारबाहीकाे माग अघि सारिएको छ ।

भीमदत्त नगरपालिका- ६ऐठपुर महेन्द्रनगर  बस्ने माइतीपक्षले सम्झनाको शंकास्पद मुत्यु भएको भन्दै छानबिन गरेर दोषि उपर कारबाहीको माग अघि सारेका हुन ।

सम्झना आइतबार विहान आफ्नै घर भित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन।

मृतक सम्झनाका बुबा भोजराज भट्टका अनुसार  बिहे गरेपछि  घर परिवारमा पटक पटक मानसिक तनाव दिने गरेका थिए ।

उनका अनुसार एक दिन अघि पनि ईप्रका बेलडाँडीमा सम्झना र उनका श्रीमान पवनलाई प्रहरीले सम्झाई बुझाई गरेको थियो ।

सम्झना आफ्नै घरमा झुण्डिएर मृत फेला परेपछि माईती पक्षले शरिरमा निलडाम, घाउचोट भएकाले मर्न बाध्य बनाएको आशंका गरेका छन ।

‘बिहे भएपछि छोरीलाई पटक पटक मानसिक तनाव दुख दिने काम गर्दै आएका थिए, ‘उनले भने, ‘छोरीले घरमा पनि यस्तै भन्दै आएकी थिईन, शनिबारै घर आउन खोजेपछि क्याम्पमा सम्झनासंग एक हजार रुपैया नहुँदा घर फर्किइनन्, बिहानै पनि प्रहरीले आएर झै झगडा नगर्न सम्झाई बुझाई गरेर पठाएको थियो, तर पनि छोरी बाँचिनन् ।’ एलबिए कक्षा १२मा अध्यायनरत छोरी गुमाएपछि भट्ट परिवार शोकमा डुबेको छ ।

सम्झनाकोे शव महाकाली अस्पतालमा राखिएको छ ।  सम्झनाका श्रीमान पवन भट्ट प्रहरीकाे नियन्त्रणमा छन् ।

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले घटना बारे अनुसन्धान भईरहेको बताए ।  सम्झना र पवनकाे गत फागुनमा मात्रै  प्रेम विवाह भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्