images
images

अरुण भ्याली हाइड्रोपावरको साढे १९ लाख बढी कित्ता हकप्रद शेयर बिक्रीमा

पूर्वाधार वाच, काठमाडौं ।

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले साढे १९ लाख बढी कित्ता हकप्रद शेयर बिक्रीमा राखेको छ ।

कम्पनीले यस अघि हकप्रद शेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण तर्फको १९ लाख ९२ हजार १३४ कित्ता शेयरमा आवेदन नपरेकोले आजदेखि बोलकबोल मार्फत हकप्रद शेयर बिक्रीमा राखेको हो ।

शेयरमा खरिदका लागि सबै व्यक्ति, कम्पनी र संघसंस्थाहरूले वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु। एक रुपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्