पूर्वाधार वाच, काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षमा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने घोषणा गरेको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बूढीगण्डकी र नलसिंहगाड जलासययुक्त आयोजनाको निर्माण कार्य अगाडि बढाउने घोषणा गरेका हुन् ।
दूधकोशी जलासययुक्त आयोजनाको निर्माणपूर्वका काम सम्पन्न गर्ने पनि सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
माथिल्लो अरुण, फुकोट कर्णाली, तामाकोशी ५, जगदुल्ला, चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिने पनि सरकारले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्