पूर्वाधार वाच, काठमाडौं ।
ण्डीका नामले समेत चिनिने फाइवर र लेसा युक्त तरकारी नेपालीको भान्सामा धेरै पाक्ने सव्जी भित्र पर्छ । यसले पाचन प्रकृयालाई बलियो बनाउँछ । भिण्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन, जसले रगत जम्नबाट जोगाउँछ ।
भिण्डीले मात्र होइन यसको फूल र पातले समेत फाइदा पु(याउँछ । श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न यसको प्रयोग गरिन्छ । भिण्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।
गर्भवती महिलाले भिण्डी खाँदा निकै फाइदा पुग्छ । किनकी यसले भ्रुणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिण्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।
क्यान्सरको जोखिम हटाउन पनि भिण्डी खानु फाइदाजनक हुन्छ । भिण्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ । भिण्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।
भिण्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ । भिण्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटा मानिसका लागि यसको प्रयोग फाइदाजनक हुन्छ ।
छालालाई स्वस्थ्य राख्न भिण्डीमा पाइने भिटामिन–सीलगायतको महत्वपूर्ण भूमिका हुन्छ । यसले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छसहयोग गर्छ ।
आखाको ज्यातिका लागि भिण्डीको प्रयोग राम्रो हुन्छ । भिण्डीमा पाइने आइरन, भिटामिन–के आदि तत्वले रक्तअल्पता हुनबाट जोगाउँछ ।
रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिण्डी खाइरहने गर्नुपर्छ । अल्सरको असरलाई कम गर्न भिण्डीले मदत गर्छ ।
किनकी भिण्डीमा क्षार तत्व रहेको हुन्छ । भिण्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्न मद्दत गर्छ ।










प्रतिक्रिया दिनुहोस्