पूर्वाधार वाच, काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको २२ औं वार्षिक साधारण सभा जेठ ४ गते हुने भएको छ । इप्पानको २२ औं साधारण सभा जेठ ४ गते शुक्रबार नयाँ बानेश्वरस्थित इभरेष्ट होटलमा हुने महासचिव बलराम खतिवडाले जानकारी दिए ।
साधारण सभामा आव. २०७९/८० को लागि कार्यकारीणी समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमाथि छलफल तथा अनुमोदन गर्ने एजेण्डा छन् । यस्तै आ.व. २०७९/८० को लेखा परीक्षकको प्रतिवेदन छलफल गरी अनुमोदन गर्ने,
आ.व. २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्र्नेसहितको एजेण्डा रहेका बताइएको छ ।











प्रतिक्रिया दिनुहोस्