काठमाडौं । काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनका क्रममा एक जना शिक्षक कुटिएका छन् ।
शनिबार दिउँसो १ बजेतिर नेपाल शिक्षक महासंघको राष्ट्रिय आन्दोलनमा सहभागी धनगढीका ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
करीब १५–२० जना शिक्षकको समूहसँग मतभेद हुँदा जोशीमाथि कुटपिट भएको बताइएको छ । प्रहरीले उनलाई उद्धार गरी सिभिल अस्पताल पुर्याएको छ ।
जोशीको टाउकोमा चोट र शरीरका विभिन्न भागमा चोट लागेको छ र अहिले उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्