images
images

बैतडी जिप दुर्घटना अपडेट: चालक सहित दुईजनाकाे मृत्यु!

बैतडी: बैतडीमा जिप दुर्घटना परेर घाइते भएका  दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ००१ज १३७२ नम्बरको जिप  दुर्घटना हुँदा घाइतेभएका   दुई जनाको मृत्यु भएको हो ।

डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

जीप सवार अन्य ६ घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय राम कुमार राना, २१ वर्षीय भागरती खत्री उनकी २ वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्त प्रसाद भट्ट, २७ वर्षीय राजेन्द्र बहादुर खत्री र ५१ वर्षीय कलमा धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
शनिवार बिहान करिब साढे ५ बजेको समयमा बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना भएको हो ।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयले उद्दारमा खटिएका थिए । जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्