images
images

पत्नी हटाएर पार्टी अध्यक्षमा पिता

नागरिक उन्मुक्ति पार्टी नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई बर्खास्त गर्दै लालवीर चाैधरीलाई नयाँ अध्यक्ष चयन गरेको छ ।

काठमाडाैंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई हटाएर लालवीरलाई अध्यक्ष चुनेको हो ।

नाउपाका सांसदसमेत रहेका लालवीर रेशम चाैधरीका बुबा हुन् । उनी बर्दियाबाट निर्वाचित भएका थिए ।

 

अध्यक्ष चुनिएपछि पत्रकारसँग लालवीरले भने, ‘पार्टीको अवस्था र परिस्थितिले गर्दा हामीले यो निकास खोजेका हौँ,डेढ वर्षदेखि बैठक नडाकेकाले पार्टी अनिर्णयको बन्दी बनेको थियो ।

रुपन्देहीमा उपनिर्वाचन आइसकेको अवस्थामा उम्मेदवारी दिने प्रक्रिया अघि बढाउन पनि यो निर्णय आवश्यक थियो ।’

यता रञ्जिताले भने भेला अवैध भएको जिकिर गरेकी छन् । उनले आज मात्रै संसदीय दलका नेता गंगाराम चाैधरीलाई स्पष्टीकरण सोधेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्