बैतडी- बैतडीमा चेकअनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीले चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई घरबाटै पक्राउ गरेकाे हाे ।
चेकअनादर मुद्दामा फरार रहेका जिल्लाकाे दोगडाकेदार गाउँपालिका वडा नं ४ कपिण्डा बस्ने ५३ वर्षिय केशब राज भट्टलाई मंगलबार विहान घरबाटै पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले बताए ।
प्रहरीका अनुसार दार्चुला जिल्ला अदालतकाे २०८१ असाेज ७ गतेको फैसलाले चेक अनादर मुद्दामा ३००० (तीन हजार) जरिवाना तोकेकाे थियाे ।
फरार रहेका प्रतिवादीलाई जरिवाना असुल उपरका लागि बैतडी जिल्ला अदालतमा पेश गरिएको समेत प्रहरीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्