काठमाडौं-ब्राभित्र लुकाएर कोकिन तस्करी गर्न खोज्ने एक ब्राजिलियन युवती पक्राउ परेकी छिन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक केजी ९५० ग्राम कोकिनसलागुऔषध नियन्त्रण ब्युरोले इमिली मिकेली सन्तोष फेरेइयालाई पक्राउ गरेको हो।
नेपालबाट भुटान जान लागेको अवस्थामा प्रस्थान कक्षबाट उनलाई बुधबार पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता जीवन निरौलाले बताए।
उनले कण्डमभित्र तरल बनाएर कोकिन प्याक गरी ब्राभित्र लुकाएर कोकिन तस्करी गर्न खोजेको प्रहरीले जनाएको छ। उनी सोही दिन ब्राजिलबाट कतार हुँदै नेपाल आई भुटान जान लागेकी थिइन्।
कोकिनलाई तरल बनाएर उनले तस्करीको प्रयास गरेकी हुन्। बरामद कोकिनको मूल्य करिब चार करोड रुपैयाँ छ ।
लगाइरहेको ब्राभित्र चेकिङ नहुने ठानेर उनले तस्करीमा सो शैली अपनाएकी थिइन्।










प्रतिक्रिया दिनुहोस्