images
images

नेकपा सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा भट्ट चयन

बैतडी– पार्टी एकतापछि नेकपा सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको पहिलो बैठक आज सम्पन्न भएको छ।

संयुक्त बैठकले खगराज भट्टलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो।

तत्कालीन एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रबीचको एकतापछि बसेको बैठकले उनलाई दलको नेताको जिम्मेवारी दिएको हो।

प्रदेशसभा सदस्य अक्कल रावलका अनुसार, केही सदस्य बाहेक सबै दलका शीर्ष नेता र सदस्य बैठकमा उपस्थित थिए। रावलले भने, “आज एकतामा आएका सबै दलहरूको संयुक्त बैठकले खगराज भट्टलाई दलको नेतामा चयन गरेको छ।

अब प्रदेशसभामा हामी ठूलो दल बनेका छौं।”
हाल प्रदेशसभामा तत्कालीन माओवादी केन्द्रका सभामुख बाहेक १० जना सदस्य, नागरिक उन्मुक्ति पार्टीका ७ जना र एकीकृत समाजवादीका एक जना सदस्य निलम्बित रहेका छन्।

पार्टी एकतापछि बनेको नयाँ शक्तिसन्तुलनले सुदूरपश्चिम प्रदेशको राजनीतिमा नयाँ समीकरण र सक्रियता थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्