पूर्वाधार वाच, काठमाडौं ।
सिद्धि हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यी दुई कम्पनीबीच आज (चैत १५ गते) भएको सम्झौतापत्रमा सिद्धि हाइड्रो कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सिद्धि हाइड्रो कम्पनीले निमार्ण गरिरहेको आयोजना ‘सिद्धि खोला जलविद्युत आयोजना’ इलाम जिल्लामा अवस्थित रहेको छ र सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।










प्रतिक्रिया दिनुहोस्